सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महानगरवासीलाई ठूला सपना देखाउँदिन, खानेपानी, शौचालय, अस्पताल बनाउँछु : सिर्जना सिंह

73
Sana Kishan

काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहले महानगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छन्। काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने उनको भनाइ छ।

सिंहले विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने बताइन। झकाठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन्। आफू निर्वाचित भएमा घोषणापत्र अनुसार काम गर्ने प्रतिबद्धता जनाइन्।

Arus

शंकरदेव क्याम्पस पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफ्नो राजनीतिको घर शंकरदेव भएकोसमेत बताइन्। झविरासतबाट होइन, म शंकरदेवबाट राजनीतिमा उठेको हुँ,’ उनले भनिन्। महिला र उत्पीडितको हितका लागि म मेयर बन्ने अभियानमा होमिएको बताए। लोकतन्त्र ल्याउनका लागि लडेर आए सुशास नै प्रमुख दायित्व भएको बताइन्। झभ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिनेसमेत बताइन्। साना साना समस्याले काठमाडौं गिज्याउने गरेको उनको अनुभव थियो। झआय न्यून भएका महिला दिदीबहिनीहरुलाई राहतको व्यवस्था गर्दे स्वरोजगारको व्यवस्था गराउने छु,’ सिंहले भनिन्।

Nepali Khaja
Karnali Traders

जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउदै उनले जेष्ठ नागरिक भवन वा खाली जग्गामा पार्क बनाउने प्रतिबद्धता गरिन्। ‘अब व्यापारिक महल बनाउने काम बन्द हुनेछ। ३२ वटै स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्नेछ,’ उनले भनिन्।

महानगरवासीका लागि सुविधा सम्पन्न अस्पताल खोल्नेसमेत घोषणा गर्दै उक्त अस्पतालमा असहाय, दिनदुखी र जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने बताइन्।

पैसा नहुनेलाई काठमाडौंमा पानी खाने व्यवस्थासमेत नरहेको बताउदै सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्नसमेत बताइन्।

काठमाडौंका सस्कृति र सभ्यता र पुरातत्त्विक सम्पदाको संरक्षण गर्नेसमेत बताइन्। ‘सफा काठमाडौं, व्यवस्थित काठमाडौं सबैलाई चाहेको खोजेको छ,’ सिंहले भनिन्। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  27  =  29