सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एकीकृत समाजवादीको किल्ला बन्यो डोल्पा

74
Sana Kishan

डोल्पामा दुई गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादीबाट उम्मेदवार रहेका काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा अध्यक्ष निर्विरोध भएका हुन् । योसंगै डोल्पामा एकीकृत समाजवादीको बलियो किल्ला बनेको छ ।

यी दुई गाउँपालिका अध्यक्षमा र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीबाट एकल उम्मेदवारी परेको थियो ।

Arus

काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भए । कार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरूङ निर्विरोध भए भने डोल्पोबुद्धको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङ निर्विरोध भइन् ।

Nepali Khaja
Karnali Traders

अध्यक्ष निर्विरोध भएका राना र गुरूङ भने ०७४ को स्थानीय चुनावबाट पनि अध्यक्ष जितेका थिए । उनीहरू हालै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गएका थिए ।

डोल्पाका निर्वाचन अधिकृत सुमन राईका अनुसार एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।

साथै काइके ७ को वडाध्यक्षमा रामचन्द्र रोकाया, डोल्पोबुद्ध गाउँपालिका ४ का वडाध्यक्षमा लावाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका ६ को वडा अध्यक्षमा नर्बु गुरुङ, छार्का ताङसोङ ५ मा साङ्बो गुरुङ र छार्का ३ मा वाङ्जु गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन् । hamrosanchar.com बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  88  =  97