सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त

नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सीएनआईको पदाधिकारी समितिको २७ औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवर्द्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील हुनुहुन्छ । जोशीले आजै पदभार ग्रहण गर्नुभएको छ ।

Sana Kishan

नवनियुक्त महाप्रबन्धक जोशीलाई सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक जोशीले अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको पर्यटनका विविध क्षेत्रमध्ये आर्थिक पक्षबाट पनि सकारात्मक भूमिका खेल्न सकिन्छ भन्ने विश्वासका साथ नेतृत्वमा आएको बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

महाप्रबन्धक जोशीले सरकारी क्षेत्रलाई कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी समन्वयात्मक ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.