सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पालिका चुनाव : ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

99
Sana Kishan

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताउनुभयो । एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।

Arus
Karnali Traders

यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।

Nepali Khaja

यस्तै आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता विपरीतको प्रचार सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ । आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा दलको झण्डा, उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने प्रावधान रहेको भन्दै त्यसो नगर्न भनेको छ ।

त्यसैगरी राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूबाट भए गरेका आचारसंहिता उल्लङ्घनका विषयमा आयोगको ध्यानाकर्षण भएको पनि सहायक प्रवक्ता अर्यालले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  6  =  9