सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचनमा भयरहित वातावरण बनाउन सुरक्षा प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ। बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
बैठकमा निर्वाचनको प्रचार प्रसारका क्रममा हुनसक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घट्न नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसाबले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको प्रवक्ता पोखरेलले बताए।

बैठकमा गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंशायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनुपर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।

Sana Kishan

‘सरकारको मुख्य ध्यय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,’ गृहमन्त्री खाँणले भने, ‘अहिलेसम्म तपाईँहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंशायोग्य छ। अब पनि त्योभन्दा अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनु होला।’

World Link Ads
Mahakali Polytechnic

निर्वाचनमा आकस्मिकरूपमा र योजनाबद्ध झडपहरू पनि हुनसक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउँदावित्तिकै सुरक्षा निकायले एकअर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिए। घटना घटिहालेमा समन्वयात्मक तरिकाले सामान्यीकरण गर्न पनि उनले सुरक्षा निकायका प्रमुख र गृह प्रशासनलाई निर्देशन दिए।

बैठकमा सोमबारमात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.