निर्वाचन आयोगले देशभरि ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ। आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी गराइएको हो।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन्। त्यस्तै १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार