सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुग्यो मतपत्र

82
Sana Kishan

स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी गरिएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामै मतपत्र ढुवानी भइसकेको जानकारी दिएको हो। निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो।

प्रदेशका नौं वटै जिल्लाका सदरमुकाममा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए।

Arus
Karnali Traders

’प्रदेश निर्वाचन प्रमुख भट्टका अनुसार २२, २३ र २४ गते मतदान अधिकृतको तालिम छ। तालिमपछि सुरक्षाकर्मीसहित मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई मतदानका सामाग्रीसंगै पठाइने छ,’ उनले भने ।

Nepali Khaja

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदानका सामाग्री पुगाइएको छ,’ उनले भने, ‘अब मतदान अधिकृतको तालिमपछि निर्वाचनका सामाग्री मतदान केन्द्रमा पठाइने छ।’यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन एकै साथ हुँदैछ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

12  +    =  14