सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६० जिल्लामा मतपत्र ढुवानी, अब १७ जिल्ला मात्र बाँकी

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतपत्र ढुवानी धमाधम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ भने अब १७ जिल्लामा मात्र ढुवानी गर्न बाँकी छ । सिन्धुली, रामेछाप र दोलखाका लागि सामग्री लोड भइसकेकाले १९ गते बिहान ढुवानी हुने आयोगका उपसचिव कमल ज्ञवालीले बताए ।

वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको उनले बताए । बाँकी रहेका जिल्लाहरुमा मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुरमा मतपत्र पठाउन बाँकी रहेको ज्ञवालीले जानकारी दिए ।

Sana Kishan

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी भइसक्ने ज्ञवालीले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको आयोगको भनाई छ । हिमाली सबै जिल्लामा मतपत्र पुगिसकेकाले तराईका सुगम जिल्लामा मतपत्र ढुवानी गर्न समस्या नरहेको आयोगको भनाई छ । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.