सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

काठमाडौंलाई उत्कृष्ट पालिका बनाउँछु : सिर्जना सिंह

66
Sana Kishan

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी छन्। नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दावी गरिन्।
महानगरलाई विधिको शासन, नियम, कानुनसंवत चलाउँदै जनताका लागि काम गर्ने उनको भनाइ छ। युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा पनि राखिन्। त्यस्तै, उनले काठमाडौंलाई हरियाली सहर बनाउने प्रतिवद्धता जनाइन्।

Karnali Traders

कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिएका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  48  =  52