सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रमुख निर्वाचन आयुक्त थपलियाले ओलीको बोली बोले : वर्षमान पुन

70
Sana Kishan

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मे दिवसका अवसरमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने बिषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।

Arus

उनले कुनै स्थानमा रातिसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको गुनासो गरे।

Nepali Khaja
Karnali Traders

उनले देशभरका निर्वाचन कार्यालयहरु निष्पक्ष र व्यवसायीक रुपमा सञ्चालन हुनुपर्ने बताए।

कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाए। थपलियाको मतपत्र बलियो कागज राखेका छौं, अब चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै उनले आपत्ति जनाए।

निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहेको भन्दै पुनले रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न नहुने तर्क गरे। त्यस्तै उनले स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने धारणा राखे। एमाले भने कम्युनिस्टविरोधी, दक्षिणपन्थी अतिवादीसँग तालमेल गरेको उनको भनाइ छ।

नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरे। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  3  =  10