सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिम्बाब्वे विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

102
Sana Kishan

जिम्बाब्वे विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले पराजित भएको छ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बाब्वेले १८ दशमलव ५ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो। जिम्बाब्वेको जितमा टाडिवान्से मारुमानीले सर्वाधिक ५६ तथा टोनी मुनयोङ्गाले ५० रनको योगदान गरे। इनोसेन्ट कैयाले ४७ रन जोडे।

Arus

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो।

Nepali Khaja
Karnali Traders

नेपालका मोहम्मद अदिल आलमले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरे। २७ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। कुशल भूर्तेलले ४६ तथा रोहित पौडेलले ३६ रनको योगदान गरे। दिपेन्द्र सिंह ऐरी २८ रनमा रन आउट हुँदा आरिफ शेख २ रनमा पेभेलियन फर्किए।

बलिङतर्फ जिम्बाब्वेका ब्राड इभान्स, लुके जङ्वे, ब्राण्डन मभुता र जोन मास्राले १÷१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि नेपालले दोस्रो खेल खेल्नेछ। भोलिको खेलपछि एक दिन आराम गरेर वैशाख २१ गते नेपालले अन्तिम टी–२० श्रृंखलाको अन्तिम खेल खेल्नेछ। एकदिवसीय सिरिजको खेल भने वैशाख २३ गतेदेखि २६ गतेसम्म हुने क्यानले जनाएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

78  +    =  84