

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएको छ ।

मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो । बेङ्ग्लोरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ । उज्यालो अनलाइन बाट सभार
