सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

चुनावी सुरक्षामा निजी हेलिकप्टर पनि प्रयोग गरिने

110
Sana Kishan

आसन्न स्थानीय तहको चुनावी सुरक्षामा निजी हेलिकप्टर पनि प्रयोग हुने भएको छ। चुनावका वेला भइपरी आउने दुर्घटना तथा सुरक्षा व्यवस्थापनका लागि सबै वायुसेवाका हेलिकप्टर प्रयोग गरिने भएको हो।

Karnali Traders

गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघमा आबद्ध एयरलाइन्सका प्रतिनिधिहरूसँग आज (शुक्रबार) मन्त्रालयमा हेलिकप्टर प्रयोगबारे छलफल गरेको हो। मन्त्रालयले निर्वाचन सुरक्षामा आवश्यक परेमा हवाइ सेवा तत्काल उपलब्ध हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। यद्यपि प्राथमिकतामा भने सरकारी हेलिकप्टर नै रहेको पोखरेलको भनाइ छ।

Arus

निजी हेलिकप्टर प्रयोग गर्दा वायुसेवा सञ्चालक संघले पालो मिलाउने निर्णय भएको छ। गृह प्रवक्ता पोखरेलको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङ र वसन्त भट्टराई, वायुसेवा सञ्चालक संघका कमलेशकुमार बर्मा, नेपाली सेनाका महासेनानी सञ्जय देउजा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिहरु रहेका थिए। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  1  =