
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राज्य सञ्चालन गर्न नागरिकले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले देशको अर्थतन्त्रमा सङ्कट आएको बताउनुभयो ।
आज बिहीवार एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तर्क्रिरया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले यो गाँठो तत्कालै फुकाउनुपर्ने आवश्यकता भएको भन्दै आउँदो चुनावबाट गाँठो फुक्ने र देशले नयाँ कोष लिने दाबी गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘आजको अर्थतन्त्रको सङ्कटसँग देशको राजनीतिक सङ्कट जोडिएको छ । जनादेश एकातिर छ, सरकार सञ्चालन अर्कोतिरबाट भइरहेको छ । राज्य सञ्चालन गर्ने शक्ति सरकार सञ्चालनभन्दा बाहिर र राज्य सञ्चालन गर्न जनताले अनुमोदन नगरेको शक्ति राज्यको नेतृत्वमा छ । आउँदो चुनावपछि यो गाँठो फुकाउनुपर्छ । अहिलेको अर्थतन्त्रको अवस्थामा अर्थविद्हरूले निरन्तर सरकारलाई खबदारी गर्नुपर्छ ।
उपमहासचिव ज्ञवालीले अघिल्लो ओली सरकारले ल्याएका लोकप्रिय र अर्थतन्त्र चलायमान बनाउने कार्यक्रमहरू बजेट प्रतिस्थापनको नाममा कटौती गर्दा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभयो । उज्यालो अनलाइन बाट सभार
