सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

88
Sana Kishan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीचकव् गठबन्धन जसरी पनि बचाउनुपर्ने बताएका छन् ।

बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए । ‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ ।’

Arus

उनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको र आफूहरुले असफल पारेको दाबी गरे । ‘हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए,’ प्रचण्डले भने, ‘महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे । त्यो असफल भएपछि प्रतिक्रियावादीहरु विक्षिप्त भएका छन् ।’

Nepali Khaja
Karnali Traders

तालमेलका लागि आफूले धेरै मेहनत गरेको पनि प्रच्ण्डले बताए । ‘अस्ति राति तीन बजेसम्म बसियो । हिजो पनि दिनभरि बसेर महानगर र उपमहानगरमा सर्वसम्मति गरियो । धेरै ठूलो मेहनत र छलफलपछि महानगर र उपमहानगरमा तालमेल गरिएको छ’ उनले भने ।

 

गठबन्धनको स्थिति बिहीबारदेखि स्पष्ट भइसकेको भन्दै प्रचण्डले अब संघीय चुनावसम्मै जाने दाबी गरे । ‘गठबन्धन कायम रहन्छ र गठबन्धनले देशलाई पार लगाउँछ भन्ने कुरा जनतालाई विश्वास भएको छ,’ उनले भने ।

अहिले माओवादीको नीतिकै वरपर राजनीति केन्द्रित भएको भन्दै प्रचण्डले संघीय चुनावपछि देशको नेतृत्व लिने समेत दाबी गरे । ‘यो देशको नेतृत्व लिनलाई माओवादीलाई कसैले रोक्न सक्ने छैन । हेर्नुहोला आउने प्रदेश र संघीय चुनावमा,’ उनले भने, ‘हुन त राजनीतिक रुपमा अहिले पनि हामी केन्द्रमा छौं ।’

अब माओवादी कम्युनिष्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी गर्दै उनले त्यसपछि मात्रै कम्युनिष्टहरुबीच ध्रुवीकरण सुरु हुने बताए । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

44  +    =  53