
निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।


निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणा समेत त्यही कार्यालयले गर्ने बताए । काठमाडौंमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
आयुक्त रामप्रसद भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउने बताए । अनलाइनखबर बाट सभार
