
आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायहरुले प्रतिवद्धता गरेका छन्।
बिहीवार सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।


बैठकमा निर्वाचनको तयारी र निर्वाचनका सम्बन्धमा हुने विभिन्न गतिविधिहरूको बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
उनले निर्वाचनको तयारीका लागि ११ र १२ गते मनोनयन हुँदैछ। मनोनयनको सन्दर्भ र निर्वाचनका गतिविधिहरु सम्बन्धमा हाम्रा तयारी के छन्, सोको बारेमा एकआपसमा जानकारी आदान प्रदान गर्ने साथै समन्वय लगायतका विषयमा छलफल भएको बताए। थाहा खबर बाट सभार
