सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो, ढुवानीको जिम्मा नेपाली सेनालाई

127
Sana Kishan

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी दिएको छ ।

आज बिहीवारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हने आयोगले जनाएको छ ।

Arus
Karnali Traders

यसैबीच मतपत्र ढुवानी गर्दा नेपाली सेनाले सुरक्षा दिने भएको छ । चुनावका अरू सामग्री गृह मन्त्रालयसँग समन्वय गरेर नेपाली प्रहरीको सुरक्षामा जिल्ला–जिल्लामा पठाउने काम भइरहेको तर मतपत्र भने सेनाको सुरक्षामा ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतपत्र र अन्य चुनावी सामग्री कहाँ पुग्यो भनेर जीपीएसबाट अनुगमन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

Nepali Khaja

दुर्गम जिल्लामा हेलिकप्टरबाटै मतपत्रको ढुवानी हुनेछ । पालिका चुनावका एक करोड ७७ लाख ३३ हजार जना मतदाता भए पनि आयोगले जगेडासहित एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  1  =