सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङमा गठबन्धन का दलहरू बिच सहमति

59
Sana Kishan

बझाङ — बझाङ जिल्लामा सत्ताधारी दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । बुधबार बसेको गठबन्धनको बैठकले पालिकाको भागबन्डा पनि टुङ्गो लगाएको छ ।सहमतिअनुसार १२ वटा पालिका रहेको बझाङमा ७ वटा पालिकाको प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ भने ३ वटा पालिका नेकपा एकीकृत समाजवादी र २ वटा पालिकाको प्रमुख नेकपा माओवादी केन्द्रले पाउने गरी भागबण्डाको टुंगो लागेको हो । नेपाली कांग्रेसले ६, माओवादीले ४ र समाजवादीले २ पालिकामा उपप्रमुख पाउने सहमति भएको नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले बताए ।सहमतिअनुसार जयपृथ्वी र बुङ्गल नगरपालिका तथा मष्टा, खप्तडछान्ना, बित्थडचिर गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । यस्तै सुर्मा र साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले पाउने भएको छ । यस्तै एकीकृत समाजवादीले तलकोट, केदारस्युँ र थलारामा अध्यक्ष पाउने सहमति गरिएको गठबन्धनका नेताहरूले बताएका छन् ।माओवादीको भागमा छबिसपाथीभेरा र दुर्गाथली गाउँपालिका परेका छन् ।नेपाली कांग्रेसले तल्कोट, दुर्गाथली, थलारा, केदारस्यूँ गाउँपालिकामा पनि उपाध्यक्ष पाउने निर्णय गरिएको छ । यस्तै अरु पालिकाको उपप्रमुखमा माओवादी केन्द्रलाई जयपृथ्वी नगरपालिका, मष्टा, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा र समाजवादीलाई बुङ्गल नगरपालिका र छबिसपाथीभेरा गाउँपालिका दिने सहमति भएको माओवादी केन्द्रका संयोजक टोपबहादुर खड्काले बताए । गोदावरी न्युज बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

55  +    =  59