
दाङ : जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अपिल गरेको छ।
आसन्न स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार एक सूचना जारी गर्दै जिल्लामा टेन्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया (अमानत आदि) बाट नदीजन्य पदार्थहरू उत्खनन तथा ओसारपसार नगर्न आग्रह गरिएको छ ।

यस्तै गरी प्रदेश तथा पालिका अन्तर्गतका सरकारी कार्यालयका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन कार्यालय समय अवधिमा मात्रै प्रयोग गर्न समेत भनिएको छ।
कार्यालय समय भन्दा अन्य समयमा प्रयोग नगर्न र सरकारी सवारी साधनमा जिल्ला बाहिर जानु परेमा प्रशासनबाट अनुमति लिनु पर्ने पनि जारी सूचनामा उल्लेख गरिएको छ।
जिल्लाका १० स्थानीय तह मध्य बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकाका प्रमुखले आफूहरू चढ्दै आएको गाडी गाउँपालिकामा बुझाएका छन। थाहा खबर बाट सभार
