
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार यत्रतत्र सर्वत्र भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिरया कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा भ्रष्टाचारले जरा गाडेको बताएका हुन्। उनले भने, ‘भ्रष्टाचार यत्रतत्र सर्वत्र छ। कुरा गर्ने काम नगर्ने बानी छ। यस्ता कुरालाई हटाउनुपर्छ।’


ओलीले निर्वाचनपछि आफ्नो सरकार बन्ने र विकासको अभियान चलाउने बताए। भने, ‘म प्रधानमन्त्री हुने वित्तिकै पुल, बाटा बन्न थाल्छन्। निर्वाचनपछि बन्ने सरकारले विकासका अभियान चलाउनेछ। साना उद्योगहरुलाई प्रोजेक्ट धितोमा राखेर ऋण उपलब्ध गराउनेछौं।’
एमालेले नातावाद कृपावादलाई नमान्ने भन्दै उनले थपे, ‘युवा शक्तिलाई देशको विकासमा लगाउनुपर्छ। आत्मनिर्भर अर्थतन्त्र, उपभोग्य बस्तु स्वदेशमै उत्पादन मेरो योजना हो। हामी आयात प्रतिस्थापन गर्न चाहन्छौं।’ अन्नपूर्ण पोस्ट बाट सभार
