सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लखनऊलाई हराउँदै बैंगलोर शीर्ष २ मा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित निकालेको छ।

मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो।

Sana Kishan

बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनायो। लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए। मार्कुस स्टोनिसले २४ रन बनाए भने दिपक होडा र आयुषले समान १३ रन बनाए।

World Link Ads
Mahakali Polytechnic

लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो।

बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए। लखनउका जासन होल्डर र दुश्मन्था चामिराले २–२ विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। थाहा खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.