सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सङ्घले अधिकारमा अङ्कुश लगाउँदा अपेक्षित काम गर्न सकिएन : मुख्यमन्त्री पोखरेल

77
Sana Kishan

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानप्रदत्त अधिकारमा समेत सङ्घ सरकारले अङ्कुश लगाउँदा प्रदेशले अपेक्षित काम गर्न नसकेको बताएका छन्।

गण्डकी प्रदेश समन्वय परिषद्को आज पोखरामा आयोजित बैठकमा उनले अधिकारका साथमा वित्तीय हस्तान्तरण न्यायोचित नभएको बताएका हुन्।

Arus

अधिकांश स्रोत साधन आफैसँग राख्ने र प्रदेश र स्थानीय तहलाई अड्कलेर वित्त हस्तान्तरण गर्दा समस्या परेको उनले बताए।

Nepali Khaja

बजेटको ठूलो हिस्सा सङ्घमा राखेर १०÷१५ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीय तहलाई प्राप्त हुने गरेको बताउँदै उनले यसले नागरिकका चाहना र विकासका आवश्यकता सम्बोधन गर्न समस्या परेको धारणा राखे।

Karnali Traders

निजामती सेवा ऐन सङ्घले ल्याउन नसक्दा कर्मचारी व्यवस्थापन ठूलो चुनौती बनेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भने, “हामीसँग प्रदेश लोकसेवा आयोग छ, स्वीकृत दरबन्दीमा प्रदेश र स्थानीय तहको मागअनुसार विज्ञापन गरेर अहिले धमाधम कर्मचारी सिफारिस भइरहेको छ। विडम्बना ती सिफारिस भएर नियुक्त भएका कर्मचारीको वृत्ति विकासका मार्ग पनि अवरुद्ध छन्। यस्तो किन भइरहेको छ?”

प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेशको एकल अधिकारको क्षेत्र भए पनि अहिलेसम्म प्रहरी प्रदेश मातहत आउन नसकेको बताउँदै उनले शान्ति सुरक्षाको प्रभावकारिता र दिगोपनामा पनि प्रश्न सिर्जना भएको उल्लेख गरे।

प्रदेश भित्रको राष्ट्रिय वन प्रदेशको एकल अधिकारकै सूचीमा रहे पनि वन ऐन अहिले प्रदेशका लागि ठूलो समस्या बनेर खडा भएको उनले बताए।

प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेश र स्थानीय तहबीचको समन्वयले सङ्घीयताको कार्यान्वयन प्रभावकारी बन्ने बताए। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  9  =  17