सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सबै दलबीच गठबन्धन अनिवार्य छैन : डा. बाबुराम भट्टराई

133
Sana Kishan

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा सत्तारुढ सबै दलबीच गठबन्धन अनिवार्य नरहेको बताएका छन् ।

पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुन मंगलबार गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै चुनावी अभियानका लागि गठबन्धन पर्खेर नबस्न आग्रह गरे ।

Arus

‘स्थानीय तह निर्वाचन विकास निर्माणका एजेण्डा र मुद्धासँग जोडिएका हुन्छन्,’ उनले भने, ‘त्यसैले यो निर्वाचनमा गठबन्धन गर्नैपर्छ भन्ने छैन ।’ आवश्यक परे वडा तहमा पनि गठबन्धन गर्न सकिने भएपनि अहिले गठबन्धनलाई कुरेर चुनावी अभियान नरोक्न उनले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

Karnali Traders

स्थानीय तह निर्वाचनमा सैद्धान्तिक रुपमा गठवन्धन गरेर जाने सहमति भएपनि व्यवहारिक ढंगले सबै ठाउँमा टुङ्गो लगाउन नसकिने उनको भनाइ छ ।

‘महानगर र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा केन्द्रले टुङ्गो लगाउने र प्रदेश र जिल्लामा आफैंले मिलाउने भन्ने छ, त्यसैले आवश्यकता अनुसार गठबन्धन भित्रका जुन दलसँग पनि मिल्न सक्ने सम्भावना हुन्छ,’ उनले भने ।

सत्ता गठवन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर चारै दलसँग मिल्नुपर्ने बाध्यता नभएको भन्दै आवश्यकता अनुसार गठवन्धन भित्रका जुन दलसँग पनि मिलेर चुनाव लड्न सकिने उनले जानकारी दिए ।

उनले भने, ‘गोरखामा हामी चारथरी छौ, एमाले अलग भइहाल्यो, माधवजीको कति छ थाहा छैन, तर हामी तीनथरी पनि बढी हुन्छौं भने कांग्रेस वा माओवादीमध्ये एकसँग सहमति गर्न सक्छौं, उहाँहरुको दुई पार्टी मिल्न पनि सक्छ, चारवटै दल मिल्नुपर्छ भन्ने छैन ।’ अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.