सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पाटन नगरपालिका ९ : लोकबहादुर भण्डारी पुनः वडाध्यक्षको उम्मेदवार

202
Sana Kishan

बैतडीः यही वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा पाटन नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवार पुनः लोकबहादुर भण्डारी भएका छन् । नेकपा एमाले गाउँकमिटीले भण्डारीसहित सदस्य समेत सर्वसम्मत रुपमा सिफारीस गरेको हो ।

सिफारीस हुने सदस्यमा इन्द्र सिह बोहरा,राम सिह भाट,सुनिता भट्ट,मन्जु लावड लुहार रहेका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा एमालेबाटै वडाध्यक्ष जितेको थिए ।

Arus
Karnali Traders

साथै वडा कमिटीले आजै वडा कमिटी उपाध्यक्ष जय बहादुर महराको सयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी, पाटन नगर कमिटी सदस्य लोग बहादुर बिष्टको सयोजकत्वमा ५ सदस्यीय आर्थिक विभाग गठन गरिएको छ।

Nepali Khaja

वडा कमिटी सह सचिव अर्जुन महराको सयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको छ। त्यस्तै आसन्न स्थानिय तहको लागि नेकपा एमाले ०९ नम्बर वडाको घोषणा पत्र यहीँ ८ गते सार्वजनिक गर्ने जमर्को गरेको छ। ईन्फो खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

72  +    =  74