सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटको मेयरमा एमालेका तीन आकाँक्षी, उप मेयरमा दुई जना मात्रै

207
Sana Kishan

महेन्द्रनगर ।

स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका तीन जनाले आकाँक्षा राखेका छन् । बेदकोट नगरपालिकाका उप मेयर सुशिला सिह सहित राम सिह धामी र हिक्मत बहादुर सिह आकाँक्षी देखिएका छन् ।

Arus

मेयरका आकाँक्षी उप मेयर अघिल्लो निर्वाचनमा निर्वाचित भएकी हुन् । उनी एमाले बेदकोटका नगर इन्चार्ज हुन् । धामी २०७४ को चुनावमा बेदकोट ९ को अध्यक्षमा निर्वाचित भएका थिए । सिह साविक दैजी गाविसका पूर्व अध्यक्ष हुन् । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा दैजी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

Karnali Traders

बेदकोटको उप मेयरमा पार्वती जोशी र लक्ष्मण राना आकाँक्षी छन् । राना जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य हुन् ।
एमाले बेदकोट नगर कमिटीले मेयर र उप मेयरका आकाँक्षीको नाम जिल्ला कमिटी पठाई सकेको छ । जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएपछि उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने छ ।

 

२०७४ को निर्वाचनमा उप मेयर सिहसंगै मेयरमा चुनाव जितेका अशोक कुमार चन्द केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादी गएका थिए । अघिल्लो निर्वाचनमा साविक दैजी मेयर र साविक सुडा उप मेयर दिएर चुनावमा उम्मेदवार बनाइएका थिए । बिकल्प दैनिक बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.