सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा एमालेको उम्मेद्‍वार छान्नै निर्वाचन !

Far weast coaching ad
168
Sana Kishan

सोमबार दिउँसो १२ बजे अर्जुनधारा नगरपालिका–८, शनिश्चरेमा मानिसको बाक्लो उपस्थिति थियो । भीड देखेर रमिता हेर्न जानेको संख्या पनि उस्तै थियो । त्यही भीडमा कोही दुई हात जोडेर आफूलाई मतदात गर्न अपिल गर्दै थिए, कोही सञ्चो विसञ्चो सोधिरहेका थिए ।

अलिपर रहेको नेकपा एमाले अर्जुनधारा नगर पार्टी कार्यालयसम्म मानिसहरुको लस्कर थियो ।

 

Arus

भीडको बीचमा थिइन्, उपमेयरकी दाबेदार खड्गमाया पराजुली । ‘दाइ, एक भोट मलाई है’ दुई हात जोड्दै उनी भन्दै थिइन्, ‘यसपालि मलाई उम्मेद्‍वार बनाउनु प¥यो ।’

नगर कमिटीको कार्यालय छेउछाउ जो कोहीलाई उनीसहितका उम्मेवार उही भनिरहेका थिए – ‘एक भोट मलाई ।’

 

उपमेयरकी दाबेदार रोजिना पाण्डे भेटिए जति सबैलाई भनिरहेकी थिइन्, ‘यसपालि युवालाई अवसर है ।’

 

सधैं पुरानै पुस्ताका व्यक्ति उम्मेद्‍वार बन्दा युवाको भावना नसमेटिएको बताउँदै नगर विकासका लागि अब युवाको नेतृत्व चाहिने उनी बताउँछिन् । भन्छिन्, ‘अर्जुनधारालाई देशकै उदाहरणीय नगर बनाउन अब युवा नेतृत्वको विकल्प छैन ।’

दिवाकरलाल चौधरी अर्जुनधाराका वडा नं. ६ का लागि वडाध्यक्षका दाबेदार हुन् । चौधरी वडाध्यक्षको उम्मेवार चयनका लागि पहिल्यै मतदान भइसकेकाले ढुक्कले बसिरहेका थिए । भन्छन्, ‘राम्रै भोट आएको छ भन्ने छ, टिकट पाउँछु होला ।’

पार्टी कार्यालयको ढोकामै उम्मेवारहरु भोट मागिरहेका थिए । दोस्रो तलामा रहेको हलमा स्थानीय तहको निर्वाचनकै शैलीमा मतदान स्थलको व्यवस्थापन गरिएको थियो ।

 

सुरुमा मतपत्र लिने स्थान दुई ठाउँमा राखिएको थियो । त्यहाँ परिचय पत्र भेरिफिकेशन गरेपछि बल्ल कर्मचारीले मतपत्र दिइरहेका थिए ।

त्यही मत पत्र लिएर आफूले उम्मेवारका रुपमा देख्न चाहेका तीन जनालाई छानेर मत पेटिकामा भोट खसाल्नुपर्ने थियो । मतपत्र लिने स्थल अगाडि भेटिए वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाईं । उनी भन्दै थिए, ‘अहिलेसम्म भोट हाल्न पाइएन क्यारे, उपमेयरमा त हाल्नु प¥यो नि ।’ उनले यसअघि वडाध्यक्ष, वडा सदस्यलगायत उम्मेवार चयनका लागि भएको निर्वाचनमा भोट खसाल्न भ्याएका रहेनछन् ।

 

अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का लागि वडाध्यक्षका आकांक्षी डम्बरकुमार घिमिरे आफैंले रुचाएको उपमेयरका आकांक्षीलाई मतदान गरेर कोठाबाट निस्किँदै थिए ।

 

‘उम्मेद्‍वारै छान्न भोट हालेको यो पहिलो पटक हो’ बुढी औंलामा भएको मत खसालेको चिह्न देखाउँदै उनले भने, ‘यो उम्मेवार छान्ने एकदमै राम्रो विधि हो ।’ उनले पनि वडाध्यक्षको उम्मेद्‍वार हुन ८ जना आकांक्षीसँग प्रतिष्पर्धा गरेका थिए ।

 

Karnali Traders

‘विगतमा जसको पहुँच छ, उसैले टिकट ल्याउँछ भन्ने हुन्थ्यो’ उनी भन्छन्, ‘अब चाहिं त्यो भन्ने ठाउँ रहेन ।’ उनका अनुसार पार्टीका सक्रिय सदस्यले वडाका लागि वडा कमिटी र नगरका लागि नगर कमिटीमा दाबेदारी प्रस्तुत गर्छन् ।

 

‘दाबेदारी प्र्रस्तुत गर्दा पार्टी र स्थानीय स्तरमा विगतदेखि गरेका काम, पृष्ठभूमि र त्यहाँ स्थानीय स्तरको लोकप्रियतालाई आधार मानिन्छ’ उनी भन्छन्, ‘मेयर र उपमेयरका लागि वडा र नगर स्तरीय कमिटीका सबै पदाधिकारीले भोट दिएका छन् ।’

 

एमाले वडा नं. ६ का सदस्य देविका ढकाल उम्मेद्‍वार छान्ने निर्वाचनमा भोट खसालेपछि हाँस्दै बाहिरिइन् । उनले भनिन्, ‘नेताहरु मध्ये पनि चिनेको र राम्रो काम गर्नेलाई उम्मेद्‍वार छान्न भोट हालेँ ।’

 

तर उनलाई चाहिं पार्टीले उम्मेद्‍वार छान्न अपनाएको यो विधिप्रति चित्त बुझेको पनि रहेनछ । उने भनिन्, ‘बरु माथिबाटै आएको भए सिद्धिन्थ्यो, अहिले त चुनाव हुँदा तैंले मलाई भोट दिइनस् भन्दै अप्रिय स्थिति बन्ने अवस्था रह्यो ।’

 

उनी बोलिरहँदा एमाले वडा नं. ७ कमिटीका सदस्य डम्बरप्रसाद भण्डारीले चाहिं ढकाललाई रोके । भन्छन्, ‘माथिबाट आउँदा आफ्नालाई मात्र टिकट दिइन्थ्यो, अहिले यसरी निर्वाचन हुनु राम्रो कुरा चाहिं हो ।’

 

त्यहीं भेटिएका अर्जुनधारा एमालेका नगर कमिटी सदस्य तुलसी श्रेष्ठलाई चाहिं अझै पनि टिकट दिने वेला निर्वाचनको परिणामलाई वेवास्ता गरिन्छ कि भन्ने शंका छ । ‘पार्टीले फेरि पनि ज्येष्ठता, मूल्यांकन र समाजमा भिजेको आधारमा बुझ्ने भनिरहेको छ’ उनी भन्छन्, ‘तर अब निर्वाचन भइसकेपछि हामीले चुनेकै प्रतिनिधिलाई मात्र टिकट दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

 

उम्मेवार चयन गर्न गरिएको मतदानको परिणामलाई नेता, कार्यकर्ता सबैले स्वीकार्नुपर्ने उनी बताउँछन् । ‘जसको जनमत छ, उसैलाई टिकट दिनुपर्छ भनेर यो प्रथा अपनाइएको हो’ श्रेष्ठ भन्छन्, ‘पहिले उम्मेद्‍वार छान्दा टिके प्रथा भयो भन्थे, अब त्यो ठाउँ पनि रहेन, यो कुरालाई सबैले मनन् गर्नुपर्छ ।’

 

नेकपा एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार जिल्लाका १५ वटै स्थानीय तहलाई हरेक पदका लागि तीन÷तीनजनाको नाम सिफारिस गरेर पठाउन भनिएको थियो । ‘पहिले त सर्वसम्मत गर्न भनिएको थियो, नभए तीन जनाको नाम पठाउनु भनेका थियौं’ उनले अनलाइनखबरसँग भने, ‘त्यसमा पनि धेरै आकांक्षी देखिए कम्तिमा पार्टीको निश्चित पंक्तिभित्र राय लिनुस् भनेका थियौं ।’

 

त्यही अनुसार मेयर, उपमेयर र वडाध्यक्षका उम्मेद्‍वार छान्न पार्टीका नगर र वडा कमिटीका पदाधिकारीबीच निर्वाचन भएको कार्की बताउँछन् ।

 

एमाले पार्टी जिल्ला सचिव शिवप्रसाद ढुंगेलका अनुसार जिल्लाभरका १३१ वडाबाट २३ चैतमा वडाध्यक्षका लागि नाम सिफारिस भएर आएका छन् । ‘अधिकांश स्थानीय तहमा मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षका लागि पनि नाम सिफारिस भएर आइसकेका छन्’ ढुंगेलले भने, ‘त्यसमध्ये अर्जुनधारा नगरपालिकाबाट मात्र सर्वसम्मतिमा एउटा नाम आएको छ, अन्य पालिकामा तीन जनाको नाम आएको छ ।’

 

अन्य स्थानीय तहले निर्वाचन र सर्वसम्मतिको आधारमा तीनजनाको नाम सिफारिस गरेको उनी बताउँछन् । एमाले जिल्ला कमिटीका अनुसार अर्जुनधाराबाट मेयर पदमा उम्मेद्‍वारका लागि बलदेव गोम्देनको नाम मात्र सिफारिस भएको छ ।

 

झापाको मेचीनगर, बिर्तामोड, भद्रपुर, कनकाई र शिवसताक्षी नगरपालिकामा निर्वाचनबाटै आकांक्षीको तीन नाम छानिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा ओलीलाई नै उम्मेद्‍वार छान्न दिने सहमति भएको स्रोत बताउँछ । गौरीगञ्ज, हल्दिबारी र कचनकबल गाउँपालिकामा नगर कमिटीले सर्वसम्मत रुपमा तीन नाम पठाएको एमालेले जनाएको छ ।

 

स्रोत : onlinekhabar.com

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.