सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका मेयरसहित वडा अध्यक्ष एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गर्दै

Far weast coaching ad
317
Sana Kishan

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर तथा नेकपा (एमाले) का नेता अशोककुमार चन्द माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । आज एक कार्यक्रमबीच उनलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्ने भएका हुन् ।मेयर चन्दसहित बेदकोट नगरपालिकाको एमालेको ठूलो पङ्क्ति एकीकृत समाजवादीमा समाहित हुने तयारीमा छ।

एकीकृत समाजवादी बेदकोट नगर कमिटीको आयोजनामा आइतबार बेदकोट–३ मा आयोजना हुने चुनाव केन्द्रित आमसभामा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चन्दसहित त्यहाँका नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनबहादुर थापाले जानकारी दिए। पार्टी प्रवेशको कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको अध्यक्ष थापाले बताए ।

Arus

 

Karnali Traders

गत पुस अन्तिम साता भएको एमाले जिल्ला अधिवेशनमा माओवादी पृष्ठभूमिका वीरबहादुर थापा पातल समूहबाट मेयर चन्द सचिवमा चुनाव लडेका थिए। उनी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्यानलका पल्लवराज भट्टसँग ७ मतले हारेका थिए। एमाले कञ्चनपुरको अध्यक्षमा माओवादी पृष्ठभूमिका पातललाई हराउँदै भीमदत्तका मेयर विष्ट विजयी भएका थिए।

त्यसपछि अध्यक्ष विष्ट र जिल्ला इन्चार्ज निरुदेवी पाललगायतले पातल समूहमा लागेका नेता, कार्यकर्ताहरूलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको भन्दै बेदकोटका नेता कार्यकर्ता रुष्ट बनेको हुन् । आफूहरूले केन्द्रमा पनि गुनासो गर्दा सम्बोधन नभएको र उल्टै माधव नेपालकै समूहका भन्दै पेलानमा पार्दै गएकाले पार्टी छाड्नुपरेको एक नेताले बताए।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.