सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल टी–२० मा सनराईजर्स हैदरावादको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको हो ।

Sana Kishan

लखनउले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो । हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ र वासिङ्गटन सुन्दरले १८ रन बनाए । लखनउका आभेस खानले चार, जासन होल्डरले ३ र कुर्नाल पाण्डयाले २ विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २–२ विकेट लिए । तीन खेल मध्ये दुईमा जित निकालेको लखनउ चार अङ्कका साथ पाँचौं स्थानमा छ । दुई खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.