सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दीपेन्द्र सिंह ऐरीले पूरा गरे टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन

237
Sana Kishan

नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औं ओभरमा २१ रन जोडेका थिए ।

Arus

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

उनले यही श्रृंखलाबाटै पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाएका थिए ।

 

Karnali Traders

दीपेन्द्रले श्रृंखलाको अन्तिम लिग खेलमा मलेसियाविरुद्ध अविजित शतक प्रहार गरेका थिए । उनले मलेसिया विरुद्ध ११० रन प्रहार गरेका थिए । जुन टी–२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन हो ।

दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पारसले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

 

यस्तै टी–२० मा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहेका अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४० खेलबाट ७४८ रन बनाएका छन् ।

दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने विश्वकै ७६औं खेलाडी बनेका छन् । भारतका रोहित शर्माले सर्वाधिक ३ हजार ३१३ रन बनाएका छन् । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.