सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए

120
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति पौने ८ बजे काठमाडौँ आइपुगेका हुन्।

प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका थिए। वाराणसीमा देउवाले काशी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिरको दर्शन गरेका थिए।

Arus

देउवाको भारत भ्रमणका वेला चारबुँदे सम्झौतामा हस्ताक्षर गरिएको छ।

नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

Karnali Traders

शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरूपमा उद्घाटन गरेका थिए।

दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन्।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वन टु वन’ वार्ता भएको थियो। दुई देशबीच सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको थियो।

देउवाले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग भेटवार्ता गरेका थिए। यसैगरी उनले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरे। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.