सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केही गर्न नसक्नेहरूले भ्यु टावरको विरोध गरे : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताउनुभएको छ । अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सङ्केत गर्दै भ्यु टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताउनुभएको हो ।

आज आइतवार काठमाण्डौमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीले बनाएका भ्यु टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थल हुन् । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कुरा हुन् । तर केही मान्छे बुझ्दैनन् र भ्यु टावर बनाउन हुँदैनन् भनेर कसम खानुपर्नेछ भन्दै हिँडछन् । कतिको मन भतभत पोलेको छ धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ ? त्यहाँ गहुँ फल्छ ? अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यु टावर नै हो । तर त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन् र त्यो एउटा गन्तव्य हो ।’

Sana Kishan

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटक–पटक दोहो¥याउनुभयो । उहाँले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका आठ लाख ५५ हजार बढी सङ्गठित सदस्यहरूले एक सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा ओलीले त्यो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.