
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि सोमवार उपाधिका लागि पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्दैछ ।
आज आइतवार टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।


यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालसँग खेल्ने बताए ।
शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले हिजो शनिवार मलेसियामाथि ८५ रनको जित निकाल्दा पीएनजीले नेट रनरेटको आधारमा फाइनलमा स्थान बनाएको थियो । नेपाल र पीएनजीबीचको फाइनल खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे बजे सुरु हुनेछ । उज्यालो अनलाइन बाट सभार
