सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम प्रदेशलाई एक नम्बर भन्नु पर्ने भयो : अध्यक्ष माधबकुमार नेपाल

83
Sana Kishan

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिमलाई एक नम्बर प्रदेश भन्नुपर्ने बताएका छन् । बेतकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने समाजबादी पार्टी यँहा एक नम्बरमा, माओबादी दोस्रो , कांग्रेस तेस्रो र केपी ओलीको पार्टी भुईँमा पछारिएको छ ,त्यसैले यो प्रदेश एक नम्बर हो । उनले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने बताए ।

’हाम्रो पार्टी ठुलो पार्टी हो त्यसैले हाम्रो दाबी हो नभएपनी केही छैन सत्ताको लागी हामी मरिहत्ते गर्दैनौ,’ उनले भने,’ पद भएन भने पनि केही छैन तर ठुलो पार्टीको दाबी हुने नै भयो भएन भने पनि केही नमान्नु होला ।’

Arus
Karnali Traders

उनले आफ्नो पार्टीको ध्यान अब चुनावमा केन्द्रित भएको बताए । उनले अहिले किसानले अन्नबाली भित्र्याउने बेला भए जस्तै चुनावको फल भित्र्याउन सबैले लाग्नु पर्ने बताए । उनले एमाले अध्यक्ष केपी ओली बिदेशीको दलाल भएको दाबी गरे ।

’अब हेर्दै जानु होला केपी ओलीको के हालत हुन्छ ? उनी कुबाटोमा लागेका छन् । उनी अहिले बर्बराएर गाली गलौचमा उत्रिएका छन्,’ उनले भने.’ कुबाटोको बाटोमा लागेको नेताको पछि लाग्ने कार्यकर्ताको पनि भबिष्य हुँदैन । कुबाटो छोडेर क्रान्तिकारी पार्टीको साथमा आउनुहोस । ’

अध्यक्ष नेपाल कांग्रेस सहितका दलहरु बिच आगामी चुनावमा गठबन्धन हुने बताए । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.