सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर किन ‘बुच्चे नक्सा’ राखियो ? : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतमा रहेको नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभइ बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।

आज आइतवार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको विषय अरू केही नहुने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने काम भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड । हिजोमात्रै भारतको दिल्लीमा रहेको नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रको शिर निहुँ¥याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? शेरबहादुरजी राष्ट्रिय बेइमानीका लागि दिल्ली जानुभएको हो ? फर्किनु अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा झुन्ड्याएर फर्किनु हुन्छ कि हटाएर फर्किनु हुन्छ ? शेरबहादुरजी ।’

Sana Kishan

अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरूलाई कटाक्ष पनि गर्नुभयो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरूले आफूलाई कामै गर्न नदिएको पनि दोहो¥याउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्रसमेत ध्वस्त बनाएको दाबी गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.