
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत परापूर्वकालदेखि एकअर्काको सुख दुःखको साथी भएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा संयुक्त रुपमा गरेको पत्रकार सम्मेलमा बोल्दै उनले भने, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै देखिँदैन। हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘प्रधानमन्त्री देउवाजी र मैले सबै हिसाबले व्यापार र सीमापार कनेक्टिभिटी पहललाई प्राथमिकता दिन सहमत भएका छौं। जयनगर–कुर्था रेलमार्गको शुरुवात यसैको एउटा हिस्सा हो।’

यस्ता योजनाले दुई देशका जनताको सहज र झन्झटमुक्त आदानप्रदानमा ठूलो योगदान पु¥याउँने विश्वास व्यक्त गरे। नेपालमा ‘रुपे’ कार्डको सुरुवातले दुई देशको वित्तीय सम्पर्कमा नयाँ अध्याय थप्ने बताए।
नेपाल प्रहरी एकेडेमी, नेपालगञ्जको एकीकृत जाँच चौकी, रामायण सर्किटलगायतका आयोजनाले पनि दुई देशलाई नजिक ल्याउने उनको भनाइ छ।
नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य भएकोमा उनले खुसी व्यक्त गरे।
उनले भने, ‘यसले हाम्रो क्षेत्रमा दिगो, किफायती र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्नेछ। नपालको जलविद्युत विकास योजनामा भारतीय कम्पनीहरुको बृहत्तर सहभागिताको विषयमा पनि हामीले सहमति जनाएका छौं।’
नेपालले बिजुली भारतमा निकासी गर्नुले नेपालको आर्थिक उन्नतिमा योगदान पु¥याउने बताए। थाहा खबर बाट सभार
