सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलो नम्बरमा आउँछ : गगनकुमार थापा

107
Sana Kishan

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रावती गाउँपालिका देशभरबाट पहिलो नम्बरमा रहेको बताउनुभएको छ । देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलो नम्बरमा आउने उहाँले बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई आज शनिवार सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपालिकाले त्यस्तो प्रतिष्ठा आर्जन गरेको छ ।’

Arus
Karnali Traders

राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालयमा पनि उदाहरण दिँदा देशभरको गाउँपालिकामध्ये इन्द्रावती अग्रस्थानमा आउने गरेको थापाले सुनाउनुभयो । ‘गाउँपालिकामा भएको विकासको कामले गर्दा पनि देशैभर इन्द्रावती गाउँपालिकाले गरेको अनुभव जाओस् भनेर घोषणापत्र निर्माण गर्ने केन्द्रीय समितिमा आदरणीय नेता वंशलाल तामाङलाई राखेका छौँ’, उहाँले भन्नुभयो ।

Nepali Khaja

आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने महामन्त्री थापाको भनाइ छ । गएको चुनावमा केपी ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उहाँको जिकिर छ । महामन्त्री थापाले भन्नुभयो, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दैछौँ । हिजो माओवादी र एमाले मिलेर रातारात नयाँ पार्टी बनेको होइन ? हिजो प्रचण्ड र ओलीले एउटै जहाज चलाउन थाल्नुभएको होइन ? त्यही कुरा उहाँले गर्दा सही अरूले गर्दा बेठिक हुने ?’

कार्यक्रममा महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस् भनेको भनाइप्रति असन्तुष्टि जनाउनुभयो । किरण थापाले उज्यालो अनलाइनमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.