सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनताको मत एमालेकै पक्षमा छ, कसैको वैशाखी टेक्नु पर्दैन : प्रदीप ज्ञवाली

190
Sana Kishan

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीले कसैको वैशाखी नटेक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आज शनिवार भएको पत्रकार सम्मेलनमा बौल्दै उहाँले जनताको मत आफ्नै पक्षमा रहेकाले कसैको आवश्यकता नरहेको बताउनुभएको हो ।

उपमहासचिव ज्ञावलीले आचारसंहिता लागू भइसकेको अवस्थामा पनि सरकारले चुनावलाई प्रभाव पार्ने गरी कर्मचारीको सरुवा–बढुवा गरेको र विभिन्न योजनाको उद्घाटन गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभयो ।

Arus
Karnali Traders

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गएको प्रसङ्ग जोड्दै राष्ट्र प्रमुखको हैसियतमा भ्रमणमा जानुपर्नेमा पार्टी प्रमुखको हैसियतमा गएको भन्दै त्यसले सोभा नदिएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले निर्वाचन आयोगले ठेकेदारहरूलाई उम्मेदवार हुन रोक लगाएर ठिक गरेको प्रतिक्रिया दिनुभयो । गाउँपालिकामै ठेक्कापट्टा गर्ने र त्यहीँको उम्मेदवार हुँदा स्वार्थ जोडिने हुँदा निर्माण व्यवसायीलाई जनप्रतिनिधि नबनाउँदा राम्रो हुने उहाँको भनाइ छ । केशवप्रसाद भट्टराईले उज्यालो अनलाइनमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.