सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालीको रेल चढ्ने सपना पूरा भयो : मन्त्री रेणु यादव

156
Sana Kishan

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल चढ्न लालायित नेपालीको चाहना पूरा भएको बताएकी छन् ।

नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् ।

Arus

‘म त बच्चामा रेलको धेरै यात्रा गरेको छु । नेपालमा पहिला रेल चलेपनि बर्षाैदेखि बन्द रहँदा यहाँका जनता लालायित थिए’ मन्त्री यादवले भनिन्, ‘रामसीताको सम्बन्ध जोडिएको नेपाल र भारतमा रेल संचालन भएपछि दुबै देशको सम्बन्धमा एउटा आयाम थप भएको छ ।’

मन्त्री यादवले बिजलपुरासम्मको ट्रयाक निर्माण भइसकेको र हस्तान्तरण हुनेवित्तिकै त्यहाँसम्म पनि रेल चल्ने बताइन् । उनले बर्दिवासदेखि निजगढसम्मको ७० किलोमिटर रेल्वे ट्रयाकको तयारी भइरहेको बताउँदै रक्सौलदेखि सिमरा र सिमरादेखि काठमाडौंको यात्रा पनि रेलबाट हुने बताइन् ।

Karnali Traders

‘यो सपना होइन्, वास्तवमै हामी ती ठाउँहरुको यात्रा रेलमा गर्छौं’ उनले भनिन् ।

विराटनगरबाट जोगबनी हुँदै बर्दिवाससम्म रेल्वे लाइन जोडे दुई देशको सम्बन्ध अझ सुमधुर हुने उनले उल्लेख गरिन् ।

रेल संचालन भएपछि नेपालको व्यापारलाई अगाडि बढाउन सकिने भन्दै उनले व्यापार समृद्ध भए यहाँका युवालाई विदेश जानुनपर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालन भएपछि मधेश प्रदेशको पर्यटन र आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सदियौंदेखि रहँदै आएको नेपाल र भारतबीचको सम्बन्ध रेल संचालनले थप मजबुत भएको बताए । अनलाइनखबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.