सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आईपीएलमा राजस्थानको लगातार दोस्रो जित

95
Sana Kishan

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आज शनिवार मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो ।

राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विके गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ६१, इशान किशनले ५४ र कायरन पोलार्डले २२ रन बनाए । बलिङतर्फ राजस्थानका नवदीप सैनी र युजवेन्द्र चाहलले दुई–दुई विकेट लिए ।

Arus
Karnali Traders

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनायो । राजस्थानका लागि जोस बटलरले सिजनकै पहिलो शतक बनाए । यस्तै शिमरन हेटमायरले ३५ र सन्जु सामसनले ३० रन बनाए ।

Nepali Khaja

यो जितसँगै राजस्थान दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने लगातार दोस्रो हार बेहोरेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.