सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपालले पीएनजीसँग फाइनल खेल्ने

163
Sana Kishan

दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलका लागि तयारी पुरा गरेको छ । पहिलो तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको नेपालले शनिबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित ग¥यो ।

दीपेन्द्रको अविजित १ सय १० रनमा टस हारेपछि ब्याटिङमा आएको नेपालले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २३ रन बनाएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।

Arus

जवाफमा आएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अलआउट भयो । नेपालले सोमबार पपुवा न्यु गिनी (पीएनजी) सँग फाइनल खेल्ने छ । मलेसिया र पीएनजीले समान ४ खेलमा एउटामा मात्र विजय हात पारे पनि रन रेटमा अगाडि रहेका कारण पीएनजीले नेपालसँग फाइनल खेल्ने मौका पाएको हो ।

Nepali Khaja

वीरनद्वीप सिंहले २६ बलमा ४७ रन बनाए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका कमलसिंह ऐरीलाई वीरनद्वीपले पहिलो ओभरमै ४ र करण केसीलाई दोस्रो ओभरको पहिलो दुई बलमै चौका प्रहार गरि मलेसियालाई आक्रामक सुरुआत दिलाएका थिए । वीरनद्वीपले कुल ९ चौका प्रहार गरे ।

Karnali Traders

कप्तान अहमद फैजले ३१ बलमा ३ चौका प्रहार गरी ३३ रन बनाए । अइनुल हफिज १८ र सैयद अजिज १७ रनमा आउट भए ।

सन्दीपले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कमलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्र र रोहित पौडेलको नाममा १÷१ विकेट रहयो ।

दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो नेपाली खेलाडी बनेका छन् । नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए । पारससँगै दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने खेलाडी बने ।

दीपेन्द्रले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । उनले ५७ बलको इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे । दीपेन्द्रले र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।

ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रनमा आउट भएका थिए । रोहित आउट भएपछि आएका आरिफ शेखले २ रनमात्र बनाउन सके । इनिङ्सको अन्तिम बलमा रनआउट भएका मोहम्मद आदिल अलामले ९ बलमा १४ रन बनाए । विनोद पाण्डेले ekantipur.com मा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.