सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि ’गेमचेन्जर’ सावित हुनेछ : नरेन्द्र मोदी

162
Sana Kishan

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् । उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्वमा जोड दिएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबीच ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने मोदीको भनाइ छ । ’ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।’

Arus
Karnali Traders

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गरेका छन् । नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गरेका छन् । उनले त्यसले नेपालको आर्थिक प्रगतिमा राम्रो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।

Nepali Khaja

पछिल्लो तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत राखेको छ । तर पछिल्ला वर्षहरूमा परियोजनामा ठोस प्रगति भएको देखिँदैन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने विषयलाई पञ्चेश्वरमा अहिले देखिएको सबैभन्दा जटिल समस्या ठानिएको छ । नेपालको जल तथा ऊर्जा आयोगका सचिव र भारतको ऊर्जा आयोगका सचिव रहने विज्ञ समूह (टिम अफ एक्सपर्ट) ले पञ्चेश्वरको डीपीआर टुंग्याउने जिम्मा पाएको छ ।

तर सन् २०१९ फेब्रुअरीयता विज्ञ समूहको बैठक बस्न सकेको छैन । डीपीआर टुंग्याउन अघिल्लो पटक दिइएको समयसीमा गुजारेपछि विज्ञ समूहलाई थप एक वर्ष समय दिइएको थियो । २०१९ नोभेम्बर २९ मा भारतमा बसेको प्राधिकरणको सञ्चालक समितिस्तरीय ‘जोइन्ट गभर्निङ बडी’ ले समयावधि लम्ब्याएर २०२० नोभेम्बरसम्म बनाए पनि यसबीचमा एउटा पनि बैठक बसेन । ekantipur.com बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.