सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

माओवादीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको छ : प्रचण्ड

89
Sana Kishan

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिवार गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौँ स्थानीय तहमा कामै नभएको जिकिर गर्नुभयो ।

Arus
Karnali Traders

अध्यक्ष दाहालले प्रदेश र सङ्घमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ति मात्रै एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचमध्ये तीन वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भएको छ भनेर देखायो । अरू सयौँ छन्, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिर्पोट आयो । ’

Nepali Khaja

अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा देशमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिनुभयो ।

अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.