सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चैते नवरात्री शुरु

355
Sana Kishan

आजदेखि चैते नवरात्री शुरु भएको छ । चैत नवरात्री शुरु भएसंगै बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठ तथा मन्दिरहरु भक्तजनहरुको घुइचो लागेको छ । नवरात्रीको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा बलि सहित पूजाआजा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए ।

जिल्लाका निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा बलि सहित पूजाआजा हुने गरेको छ । चैत्राष्टमीका दिन शक्तिपीठहरुमा बलिसहित पूजाआजा हुने गरेको पूजारी भट्टले बताए ।

Arus
Karnali Traders

यस्तै आजैदेखि मन्दिरहरुमा दैनिक नित्य पूजा लाग्ने समेत बताइएको छ । बैतडीमा चैते नवरात्रीको बेला टाढाटाढाबाट समेत भक्तजनहरु आउने गरेका छन् । बसाइसराइ गरेर गएकाहरु पनि चैत नवरात्रीको समयमा पुख्र्यौलीको थलोमा फर्कने गरेको पूजारी भट्टले बताए ।

चैते नवरात्रीको समयमा आफन्तजनहरुसंग भेटघाट हुने भएकाले पनि यसको महत्व बढ्दै गएको स्थानीय डम्मर भट्टले बताए । पूजाआजाको समयमा टाढाका आफन्तहरुसंग भेटघाट हुने भएकाले यसको सामाजिक महत्व समेत रहेको उनले बताए । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.