सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

चुनावको मुखमा प्रधानमन्त्री भारत जानुको केही अर्थ छ, आएपछि सोध्छु : केपी शर्मा ओली

122
Sana Kishan

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयो भनेर । यही समयमा किन जानुभयो भनेर ?’

Arus
Karnali Traders

अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो । उहाँले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाउनुभयो ।

Nepali Khaja

यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उहाँको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताउनुभयो ।

यस्तै कार्यक्रममा उहाँले सामाजिक अभियन्ताको जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पु¥याउने छुट अब कसैलाई नरहेको उहाँको तर्क थियो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.