सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बहुलबाद समाजमा पत्रकारले निष्पक्ष भूमिका खेल्नु पर्दछ – मन्त्री पूर्णा जोशी

146
Sana Kishan

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कनुनमन्त्री पूर्णा जोशीले पत्रकारले निस्पक्ष भएर कलम चलाऊनु पर्ने बताएकी छन् ।

उनले बहुलबाद समाजमा बिचार सबैको आ–आफ्नो हुने भएपनी कसै प्रती पूर्बागृह नराखेर पत्रकारीता गर्नु पर्नेमा जोड दिइन् ।

Arus

पत्रकार क्षमता बिकासको लागी सुदुरपश्चिम प्रदेस स्तरिय अभिमुखीकरण कार्यक्रमको अत्तरियामा उदघाटन गर्दै उनले यस्तो बताएकी हुन । उनले कसैप्रती रिष बैरभाब राखेर गरिने पत्रकारीता दिगो नहुने बताईन ।

Nepali Khaja
Karnali Traders

’हामी बहुलबाद समाजमा छौं। सबैको आ–आफ्नो बिचार छ । तर सेवा दिने कुरामा निष्पक्ष बन्ने हो । अहिले को प्रदेश सरकार पनि त्यसरी नै अगाढी बढेको छ ,’मन्त्री जोशीले भनिन्,’ सरकारले गरेका गलत कार्यहरुको बारेमा बरु लेख्नुहोस तर बिचार अलग भएकै कारण भने त्यही बिचार ले पत्रकारिता नगरर्नुस ।’

मन्त्री जोशीले पत्रकारको हकहितको लागी सरकार प्रतिबद्ध रहेको बताईन ।

कार्यक्रममा नेपाल पत्रकार माहासंघका अध्यक्ष बिपुल पोखरेल, प्रदेश समितीका पदाधिकारी, ९ जिल्लाका माहासंघका अध्यक्ष र कैलालीका केही पत्रकारहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा पत्रकार गुँणराज लुईटेलले सहजिकरण गरिरह्नु भएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.