सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

‍पपुवा न्युगिनीसँग हार्‍यो मलेसिया

127
Sana Kishan

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ। पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराएको हो। मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए।

Arus

उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कप्तान अहमद फैजले ६३ रनको योगदान दिए। उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने। जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए।

Nepali Khaja

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले १÷१ विकेट लिए।

Karnali Traders

जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए। उराले ३४ बल खेल्दै १० छक्का र २ चौका प्रहार गरे। भालाले ५१ बलको सामना गर्दै एक छक्का र ८ चौका हाने।

बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले १÷१ विकेट लिए।

मलेसियाले शनिबार नेपालसँग खेल्नेछ। नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.