सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : प्रकाशमान सिंह

97
Sana Kishan

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताएका छन् ।

आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।

Arus
Karnali Traders

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केही नेताहरुले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।

Nepali Khaja

कार्यक्रममा नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता–कार्यकर्ताको गतिविधिको एक–एक हिसाब हुने समेत बताए ।

विगतका निर्वाचनमा पनि अन्तरघात हुने गरेको थियो । अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.