सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आवश्यकता र प्राथमिकताका आधारमा चुनावी तालमेल : अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय आवश्यकता र प्राथामिकताका आधारमा चुनावी तालमेल हुन सक्ने बताएका छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले सदरमुकाम गाइघाटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शुक्रबार आईपुगेका अध्यक्ष लिङ्देनले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन्।

उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा प्राथामिकता निर्धारण गरी चुनावी अभियानामा जान सकिने बताए। यधिप चुनावी गठबन्धन गर्ने अहिले पार्टीको त्यस्तो आधिकारिक निर्णय भईनसकेको उनले बताए।

World Link Ads
Mahakali Polytechnic

‘हामी भुगोल केन्द्रित अभियानमा छौ, त्यहीँ भएर उदयपुर आईपुगेका छौ, उनले भने, ‘यहाँको वस्तुगत अवस्था गहन ढंगले अध्ययन र विश्लेषण गर्छौ र नेता कार्यकर्ताको भावना बुझेर तालेमल गर्न सक्छौ।

Dirghayu Ads

‘अघिल्लो स्थानीय तहको निर्वाचनमा देशभर ४० प्रतिशत ठाउँमा हाम्रा उम्मेदवार रहे, अध्यक्ष लिङ्देनले भने, ‘यो पटक सबै ठाउँमा हाम्रो उम्मेदवार रहन्छ। उनले थपे, ‘सकेसम्म कसैसँगै तालमेल नगरी एकल उमेदवारी दिने सोचमा छौ, यसले आगामी दिनमा हाम्रो कार्यादेश पनि बन्छ, यदि त्यसो नभई गठबन्धन भए समझदारीमा उम्मेदवार हुन्छन्।

Sana Kishan

संघीय सांसदसमेत रहेका अध्यक्ष लिङ्देनले भने, ‘जसरी सिंहदरवारको अधिकार गाउँमा पुगेको छ, त्यसरी नै त्यहाँको विकृति, विसंगती तल्लो तहसम्म पुगेको छ। अघिकार भित्रिएसँगै स्थानीय तहमा भ्रष्टचारहरु संस्थागत हुन थालेकाले राप्रपाले भ्रष्टचारको विरुद्ध र सुशासनको पंक्षमा अभियान सुरु गरेको उनले स्पष्ट पारे।

उनले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाबाट विजयी भएका ठाउँमा १२ कक्षासम्म निःशुल्क र गुणस्तरिय शिक्षा प्रदान गरिने, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउने, कृषि पेसालाई रोजगारमा जोड्ने, उत्पादित बस्तुको बजारिकरण गर्ने योजना रहेको बताए।

अध्यक्ष लिङ्देनले अस्पताल पुर्याइएका विरामीको उपचारमा लापरवाही हुन नदिन र कोही पनि उपचार नै नपाई मृत्यु नहोस भन्नका लागि त्यहीँ किसिमको व्यवस्था गर्ने योजना रहेको बताए। उनले जेष्ठ नागरिकलाई कम्तिमा महिनामा एक पटक घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाईने बताए।

उनले नेपाली जनताले अहिले संसदमा रहेका ठूला दलको विकल्प खोजी गरेकाले त्यो विकल्पमा राप्रपा सक्षम रहेको स्पष्ट पारे। खर्चिलो निर्वाचन प्रकृयातर्फ लक्षित गर्दै भने, ‘आर्थिक अवस्था कमजोर भएका सामान्य नेता कार्यकर्ता निर्वाचनमा उठ्न नसक्ने अवस्था भएकाले असमान किसिमको यस्तो व्यवस्था खारेजी गर्नुपर्छ।

पत्रकार भेटघाट पछि आयोजित जनसभामा राप्रपाका अध्यक्ष लिङ्देन, पुर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेत, उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, १ नम्बर प्रदेशका अध्यक्ष राम थापा, केन्द्रीय सदस्य रामकुमार सुब्बा लगायतले सम्बोधन गरेको जिल्ला अध्यक्ष धुब्र रायमाझीले बताए। उनले जनसभामा ठूलो संख्यामा पार्टी प्रवेश गरेको बताए। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.