सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रधानमन्त्री  देउवा आज जम्बो टोली सहित भारत जादै

105
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवा आज जम्बो टोली सहित भारत जादैछन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

उनी आज तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्री सहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् ।

Arus
Karnali Traders

भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् ।

Nepali Khaja

प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.